रिलायबल इन्स्योरेन्सद्वारा कालिका मावि कास्कीलाई सेनेटरी प्याड वितरण

पाेखरा | भदौ १८, २०७९

रिलायबल इन्स्योरेन्सद्वारा कालिका मावि कास्कीलाई सेनेटरी प्याड वितरण

 

पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, कास्की शाखाले पोखरा महानगरपालिका–१० स्थित कालिका उच्च माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।

 

कम्पनी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयलाई ९० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको कम्पनीका गण्डकी प्रदेश संयोजक एवं कास्की शाखा प्रमुख लक्ष्मण थापाले जानकारी दिनुभयो ।

 

“कम्पनीको वार्षिकोत्सवलाई रचनात्मक बनाउने सिलसिलामा सेनेटरी प्याड वितरण गरिएको हो, सामाजिक उत्तरदायित्वप्रति पनि कम्पनी सचेत छ”, उहाँले भन्नुभयो । 

 

शाखा प्रमुख थापाले विद्यालयका सहायक प्रधानाध्यापक बलदेव अधिकारी र शिक्षक सुनिता बस्नेतलाई प्याड हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा सहायक प्रअ अधिकारीले छात्राहरुलाई लक्ष्य गरी सामग्री सहयोग गरेकामा कम्पनीको सह्राहना गर्नुभयो ।

 

प्याड हस्तान्तरण कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर शर्मिला केसी, एजेन्सी म्यानेजर धनकुमारी अधिकारीलगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन शाखाका बजार प्रमुख गोविन्द्र पौडेलले गर्नुभएको थियो ।

 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विसं २०७४ भदौ १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । गत आवको वित्तीय विवरण अनुसार जीवन बीमा कोष ७८.१३ प्रतिशतले वृद्धि गरी चार अर्ब ६० करोड माथि पु¥याउन सफल भएको छ । त्यस्तै खुद नाफा २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । 

 

कम्पनीले गत आवमा मात्रै तीन अर्ब ७७ करोड एक लाख १५ हजार खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी अर्ब ४० करोड रुपैयाँ छ । 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्